नियम ४३
दाबी भुक्तानी
: (१) नियम ४२ को उपनियम (३) बमोजिम प्राप्त निवेदन कोषले जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा तीस दिनभित्र अनुसूची-१६ बमोजिमको ढाँचामा त्यस्तो दाबी भुक्तानी दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कोषले दाबी भुक्तानी दिँदा सदस्य संस्थाले नियम ३६ बमोजिम सुरक्षण गरिएको लघु वित्त तथा विपन्न वर्ग कर्जाको हकमा सावाँ र ब्याज रकमको पचहत्तर प्रतिशत, नियम ३७ र ३८ बमोजिम सुरक्षण गरिएको साना तथा मझौला उद्यम र कृषि कर्जाको पचास लाख रुपैयाँसम्मको कर्जाको बाँकी सावाँ र ब्याज रकमको असी प्रतिशत र सो भन्दा माथि दुई करोड रुपैयाँसम्मको कर्जाको हकमा बाँकी सावाँ र ब्याज रकमको सत्तरी प्रतिशतका दरले तथा नियम ३९ बमोजिम सुरक्षण गरिएको शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जाको हकका बाँकी सावाँ र ब्याज रकमको असी प्रतिशतका दरले दाबी भुक्तानी दिनेछ ।

(रक) उपनियम (१) बमोजिम कोषले दाबीको भुक्तानी दिँदा सदस्य संस्थाले नियम ३९क. बमोजिम सुरक्षण गरेको निर्यात कर्जाको हकमा दश लाख रुपैयाँसम्मको कर्जाको बाँकी साँवा र ब्याज रकमको असी प्रतिशत र सोभन्दा माथि तीन करोड रुपैयाँसम्मको कर्जाको हकमा बाँकी साँवा र ब्याज रकमको सत्तरी प्रतिशतका दरले दाबीको भुक्तानी दिइनेछ ।

“(३) उपनियम . (२) र. (रक) बमोजिम भुक्तानी दिँदा कोषले भुक्तानी दिनु पर्ने कुल रकमको सत्तरी प्रतिशत रकम पहिलो किस्तामा र बाँकी तीस प्रतिशत रकम सम्बन्धित सदस्य संस्थाले देहाय बमोजिमका विवरण तथा कागजात पेश गरेपछि दोस्रो किस्तामा भुक्तानी दिइनेछ:-

(क) सदस्य संस्थाको कर्जा असुली सम्बन्धी नीति बमोजिम कर्जा असुली सम्बन्धी प्रक्रिया पूरा गरेको,

(ख) प्रचलित कानून बमोजिम क्रणी तथा जमानतकर्तालाई कालोसूचीमा राख्ने सम्बन्धी प्रक्रिया पूरा भएको,

(ग) कर्जा असुल गर्न प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेको तर असुल उपर हुन नसकेको भनी बाह्य लेखापरीक्षकले प्रमाणित गरिदिएको व्यहोराको प्रमाणित प्रति,

(घ) समितिले निर्धारण गरेका अन्य विवरण तथा कागजात | "

“(३क) उपनियम (३) बमोजिम पहिलो किस्ता दाबी भुक्तानी गरेको मितिले सदस्य संस्थाले दुई वर्षभित्र दोस्रो किस्ता दाबी “गरिसक्नु पर्नेछ ।

तर अदालत वा क्रण असुली न्यायाधिकरण समक्ष धितो लिलाम _वा.कर्जा असुली सम्बन्धी मुद्दा विचाराधीन भई सो समयभित्र दाबी हुन नसकेको अवस्थामा त्यस्तो मुद्दामा अन्तिम फैसला भई सो फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालत वा त्रण असुली न्यायाधिकरण समक्ष निवेदन पेश गरेको मितिले नब्बे,दिनभित्र दाबी गरिसक्नु पर्नेछ।

(३ख) उपनियम (१) बमोजिम दाबी भुक्तानी गर्दा एक आर्थिक वर्षमा कुनै एक सदस्य संस्थालाई देहाय बमोजिमको सीमा तथा बन्देजभित्र रही दाबी भुक्तानी गरिनेछ:-

(क) सम्झौता भएको आर्थिक वर्षमा सदस्य संस्थाले सम्बन्धित कर्जा सुरक्षण कार्यक्रममा दाबी गर्नुअघिको त्रयमाससम्म भुक्तानी गरेको कुल सुरक्षण दस्तुरको दुई गुणासम्म,

(ख) सम्झौता भएको दोस्रो र सोभन्दा पछाडिका आर्थिक वर्षको हकमा सदस्य संस्थाले सम्बन्धित कर्जा सुरक्षण कार्यक्रममा अघिल्लो आर्थिक वर्षसम्म /कोषलाई फिर्ता गरेको दाबी भुक्तानी रकमको दुई गुणा र सम्झौता भएको वर्षदेखि दाबी गर्नुअघिको त्रयमाससम्म भुक्तानी, गरेको कुल सुरक्षण शुल्क बराबर।

(रग) करणीको मृत्यु भई वा प्राकृतिक विपद्‌ परी परियोजना नष्ट भई दाबी भएको अवस्थामा भने उपनियम (३ख): बमोजिमको सीमा तथा बन्देज लागू हुने छैन।

(श्घ); कुनै एक आर्थिक वर्षमा सदस्य संस्थाबाट कोषमा प्राप्त क्षतिपूर्ति दाबीमध्ये उपनियम (इेख) को सीमा तथा बन्देजको कारण भुक्तानी हुन नसकेको क्षतिपूर्ति दाबी सोही उपनियमको खण्ड (ख) को अधीनमा रही अर्को आर्थिक वर्षमा भुक्तानी गरिनेछ।

(उङ) सदस्य संस्थाले कोषबाट प्राप्त गरेको दाबी भुक्तानी बापतको रकमलाई कोषप्रतिको दायित्व सिर्जना हुने गरी छुट्टै खाता खडा गरी लेखाड्डन गर्नु पर्नेछ। तर कोषबाट अपलेखनको स्वीकृति प्राप्त भएको अवस्थामा बाहेक त्यस्तो रकमलाई _क्रणीको खातामा समायोजन गर्न पाइने छैन। "

(४) यस नियम बमोजिम कोषबाट दाबी भुक्तानी प्राप्त भएपछि सम्बन्धित सदस्य संस्थाले अनुसूची-१७ बमोजिमको भरपाई कोषमा पठाउनु पर्नेछ ।